प्रमोदको ‘तिम्रै लागि’मा गरिमा र पुष्पको जोडी (भिडियो)

भदौ २८, २०७७


गायक प्रमोद खरेलको आवाजमा समावेश ‘तिम्रै लागि हो भने’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा नवराज न्यौपानेको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल गरिमा शर्माको मोडलिङ हेर्न सकिन्छ । गरिमाका लागि पुष्पले एक्सन समेत गरेका छन् । यूवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी, निशाल पौडेलको छायांकन, विकास दाहालको सम्पादन छ ।