गौरव र मेनुकाको ‘गाउँ घरै रमाइलो’

भदौ २९, २०७७


साजन राइको आवाजमा समावेश ‘गाउँ घरै रमाइलो’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ । रमेश कार्कीको शब्द रहेको गीतमा साजनकै संगीत छ । यो गीतको भिडियोमा किरण चाम्लिङ राई र भूपेन्द्र तुम्बाहाम्पेको निर्देशन छ ।

भिडियोमा निर्देशकले माटो र माटोले जोडिदिएको सम्बन्ध नै राम्रो हो भनेर देखाउन खोजेका छन् । भिडियोमा गौरव पहारी र मेनुका प्रधानको जोडीलाई देख्न सकिन्छ । आफ्नै गाउँमा दुःख गरेर जीवन चलाएको एक जोडीको कथा भिडियोमा छ । भूपेन्द्रकै छायांकन रहेको गीतमा अनिल रानाको सम्पादन छ ।