राष्ट्रकविको सम्झनामा ‘उनको प्रीति’को नयाँ भर्सन सार्वजनिक, गीतलाई एक दिनमै पौने तीन लाख भ्यूज

भदौ ३०, २०७७


काठमाडौं । उनको प्रीति पैले हो की, मेरो प्रीति पैले
                    जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले
स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना रहेको चर्चित गीत ‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले’को नयाँ भर्सन सार्वजनिक गरिएको छ ।

वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले गीतको नयाँ भर्सन सार्वजनिक गरेका हुन् । ०६० सालमा नारायणको संगीत, जगदिश समाल र सपनाश्रीको स्वरमा गीत सार्वननिक भएको थियो । सोमबार रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत सार्वजनिक नयाँ भर्सनको गीतलाई बि.बि अनुरागीले संगीत संयोजन तथा रचना रिमाल र प्रवीन बेडवालले स्वर दिएका छन् ।

सार्वजनिक भिडियोमा स्वर्गिय राष्ट्रकविलाई पनि देख्न सकिन्छ । साथमा संगीतकार, गायक÷गायिकासंगै उदिराम खड्का, बिन्दु खड्का, विवेक खड्का, मनोज खड्का, रोकश सोनी लगायतलाई भिडियोमा देखाईएको छ । श्यामश्वेत रसाईलीको मिक्सिङ, रत्न बि.कको बासुरी रहेको गीतलाई मिराज अर्यालले छायांकन/सम्पादन गरेका हुन् । गीत सार्वजनिक भएको एक दिनमै युट्युबमा दुई लाख बढी पटक हेरिसकिएको छ ।