प्रमोद खरेलको ‘फूल सम्झेर’ गीत सार्वजनिक

माघ १४, २०७७


माघ १३, गायक प्रमोद खरेलको आवाजमा रहेको ’फुल सम्झेर’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तूप पन्तको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा मोडल समिर खान, आरुषी परियार र नवीन गिरीको अभिनय छ ।

निशान एसकेको सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समीर खानको हो । गीतमा प्रेमिल जोडीबीचको प्रेमपछिको विछोडलाई देखाइएको छ ।