‘ह्यारीकी प्यारी’ को सेटमा विजय, साम्राज्ञी र जितु

माघ २१, २०७८


केही साताअघि छायांकन सुरु भएको चलचित्र ‘ह्यारीकी प्यारी’ को सेटमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पुगेकी छन् । चलचित्रको शुभसाइतमा साम्राज्ञी उपस्थित थिइनन् । चलचित्रका मुख्य कलाकार जितु नेपालका केही दृश्यको छायांकन गरिएको थियो । तर, जितुले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी साम्राज्ञी सँगै देखिएका छन् । चलचित्रमा कलाकार विजय बरालको पनि मुख्य भूमिका छ ।

चलचित्रको छायांकन यतिबेला पर्वतका विभिन्न रमणीय स्थानमा भइरहेको छ । यो चलचित्रलाई कपिल रिजालले निर्देशन गरिरहेका छन् । चलचित्र ‘ह्यारी कि प्यारी’ मा साम्राज्ञी र जितुको केमेस्ट्री हेर्न सकिन्छ । दर्शकका लागि यी दुईको केमेस्ट्री नयाँ हो । यस्तै दीपकराज गिरी र उनको टिमभन्दा बाहिरको चलचित्रमा काम गरिरहेका जितुलाई साम्राज्ञीसँग मात्र होइन, बक्स अफिसमा पनि चल्नुपर्ने दबाब छ ।