बिहेको तयारीमा नीता र हरिहर ?

चैत ०६, २०७८


प्रेमलाई मित्रताको नाम दिएर मिडियाको आँखा छल्न नेपाली कलाकारहरुले ‘डिग्री’ गरेका छन् । तर, मिडियाको अगाडि साथीको सम्बन्ध प्रमाणित गरेर वास्तविक जीवनमा भने उनीहरु प्रेमको विरुवा हुर्कारहेका हुन्छन् । हामी साथी मात्रै हौं भनेर हिँड्ने धेरै कलाकारहरु अहिले विवाह बन्धनमा बाँधिसकेका छन् । त्यसैले कलाकारहरुको बोली र व्यवहार पत्याइहाल्नु मुर्खता हुनसक्छ ।

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले पनि प्रेम सम्बन्धलाई मित्रताको नाम दिँदै आएको लामो समय भइसकेको छ । उनीहरुलाई नजिकबाट चिन्ने र जान्नेहरु नीता र हरिहरको प्रेमबारे जानकार छन् । तर, मिडियामा उनीहरु अझै खुलेर प्रेम स्वीकार्न सकिरहेका छैनन् । करिअरमा असर पर्ने डरले हो वा अन्य कारण छ, त्यो भने उनीहरुलाई नै थाहा होला ।

प्रेम स्वीकार गर्न डराए पनि नीता र हरिहरबीच व्यवसायिक सम्बन्ध भने निकै मजवुद बनेको छ । हरिहरकै संगतले धर्मकर्ममा ध्यान दिन थालेकी नीताले हरिहरलाई म्यूजिक भिडियोदेखि टिभी शोसम्म निर्देशन गरिसकेकी छन् । अब यो जोडीले ह्रस्व-दीर्घ नाममा फिल्म समेत बनाउँदैछ । तर, यो फिल्म उनीहरुले बिहेपछि मात्र बनाउन लागेको फिल्मीखबरलाई जानकारी प्राप्त छ ।

गोप्य स्रोतले दिएको जानकारी अनुसार, हरिहर र नीताले २०७९ सालको साउन महिनामा विवाह गर्ने तयारी गरेका छन् । ज्योतिष भएकाले हरिहरले विवाहको मिति समेत निकालिसकेको जानकारी प्राप्त छ । बैबाहिक जीवनमा बाँधिएको ३ र ४ महिनापछि मात्र उनीहरुले फिल्मको निर्माण गर्ने सम्भावना रहेको स्रोत बताउँछ । यो रियल जोडीले ह्रस्व-दीर्घ लाई ठूलो स्केलमा निर्माण गर्दैछ ।