चैत्र २५ गते देखि ‘बस्तीपुर’ एओन टेलिभिजनमा हेर्न सकिने ?

चैत २३, २०७८


मनोरञ्जनको क्षेत्रमा विभिन्न डिजिटल प्ल्याटफर्महरुमा वेव सिरिजहरु हेर्न दर्शकहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न बिषय बस्तुहरुलाई आकर्षक र उत्सुकता जगाउने तरिकाले पनि प्रस्तुत गरिएकाले पनि होला अहिले एउटै वेव सिरिजका पनि थुप्रै भागहरु बन्ने गरिरहेका हुन्छन । पछिल्लो समय नेपाली बजारमा पनि विभिन्न वेव सिरिज बनिरहेका छन ।

यसै क्रममा एउटा निकै नै राम्रो बिषयबस्तु समिटिएको नेपाली वेव सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । एओन क्रीयसन प्रालिद्वारा निर्माण गरिएको नेपाली कथानक वेव सिरिज बस्तीपुरको फर्स्टलुक ट्रेलर गत सोमबार A-one Television युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । एओन क्रीयसन प्रालिका कार्यकारी निर्देशक अमृतमान ओलीले निर्देशन गरेको यस वेव सिरिजमा दाङको वस्तिपुर भन्ने एउटा सानो गाउँको कथालाई समेटिएकोको निर्देशक वलीले बताए ।

कमल गाउले, कुलदिप अधिकारी, अर्नवी ढुंगाना, बिरु चौधरी, झग्गु भण्डारी, हर्षिका वली, उषा दसौदी, भुलन गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको बस्तिपुरको कथा पटकथा झग्गु भण्डारीको रहेको छ । मनोज खड्काको पार्श्व संगीत, मिराज अर्यालको कलर करेक्सन, बिशाल रोका मगरको छायांकन भएको बस्तिपुरको सम्पादन, निर्माण तथा निर्देशन अमृतमान वलीले गरेका छन । वेव सिरिज युट्युव च्यानल Aone Television मा चैत्र २५ गते देखि हेर्न सकिने समेत वलीले जानकारी दिए ।