जन्मदिनमा ‘मनको मान्छे’ लाई नीताले के भनिन् ?

चैत २७, २०७८


अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीबीच रहेको प्रेम बाहिर नलुकेको विषय हो । दुवैले प्रेमको विषयमा खुलेर केही नबताए पनि उनीहरुले एकअर्का प्रति गर्ने व्यवहारले प्रेम रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।

प्रेमको अलवा दुबैले काममा पनि सहकार्य गरिरहेका छन् । हरिहरले चलाउने एक टिभी शोको नीताले निर्देशन गरिरहेकी छन्, भने दुबैले सहकार्यमा फिल्म बनाउने तयारी पनि छ । यस्तै हरिहरिको आज ९आइतबार०परेको जन्मदिनको शुभकामनामा पनि नीताले मनको मान्छे भनेर प्रेम ब्यक्त गरेकी छन् ।

‘जिन्दगीको गोरेटोमा एउटा साथ थपिएको सहकर्मी हजुर, राम्रो मान्छे, मनको मान्छे उदाहरणीय मान्छे हजुर, हजुरको यो अनुहारमा यसरी नै खुसी देख्न पाइयोस्’, उनले सामाजिक संजालमा लेखेकी छन्, ‘हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना हजुर, भगवान सधैं दाहिने रहून् ।’ स्टाटसको अत्यमा उनले थुप्रै प्रेमको प्रतिक समेत पोष्ट गरेकी छन् ।