फिल्म जुध्यो भनेर कराउँदै हिंड्दिन : निर्देशक शिवहरि पौड्याल

बैशाख ०७, २०७९


नेपाली टेलिभिजन र कमेडी विधाका चर्चित अनुहारहरु समावेश फिल्म ‘लक्का जवान’ लाई लिएर यतिबेला चर्चा भइरहेको छ । मल्टिस्टारर यो फिल्ममा मदनकृष्ण श्रेष्ठ देखि पछिल्लो छिमलका सलोन बस्नेतसम्म अटाएका छन् । कलाकारको तीन पुस्तालाई समेटेर बनाइएको फिल्म वैशाख २३ गते रिलिजको तयारीमा छ ।

फिल्मबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक शिवहरि पौड्याल, कलाकारहरु किरण केसी, प्रियंका कार्की र सलोन बस्नेत उपस्थित रहे । यो अर्गानिक फिल्म हो । यसलाई कृपया विदेशी फिल्मको रुपमा नलिनुहोला । तपाईंले यसमा नेपालीपन पाउनुहुन्छ, निर्देशक समेत रहेका अभिनेता पौड्यालले भने, प्रत्येक साता फिल्म जुधिरहेका छन् । म फिल्म जुधे भनेर कराउँदिन । बरु आफ्नै फिल्मको प्रचारमा लाग्छु ।