पार्क क्याफेमा भ्यालेन्टाईन साङ्गितिक साझ

फागुन ०२, २०७७     सन्तोष केसी


तुलसीपुर स्थित द पार्क क्याफेमा आज भ्यालेन्टाईन दिबसको अबसरमा भ्यालेन्टाईन साङ्गितिक साझ सुरु भएको छ । भ्यालेन्टाईन दिबसको अबसरमा तुलसिपुरबासीलाई आफ्नै ठाउँमा रहेर रमाईलो गरि दिबस मनाउन मिल्ने गरि भ्यालेन्टाईन साङ्गितिक साझको आयोजना गरिएको संचालक राजेन्द्र महतराले बताएका छन । उक्त साङ्गितिक साझमा स्थानिय स्तरका चर्चित कलाकारहरुले प्रस्तुती राख्ने साथै विभिन्न चर्चित ब्यान्डको प्रस्तुती रहने उनले जानकारी दिए । बिस्तारै बिस्तारै तुलसीपुर क्षेत्रमा पनि भ्यालेन्टाईन डे मनाउने प्रचलन बढे पछि दिबसलाई भब्य बनाउन आज बेलुका ५ बजे बाट साङ्गितिक साझ सुरु भएको हो । साङ्गितिक प्रस्तुति बेलुका ९ बजे सम्म हुने छ । भ्यालेन्टाईन साङ्गितिक साझमा उपस्थित हुन संचालक राजेन्द्र महतराले सबै तुलसीपुरबासीमा अनुरोध गरेका छन ।