करण न्यौपानेको संगीतमा आयो अर्को दमदार गीत, तिज तताउने गीत “साडी किन्दिस्यो राजा” सार्वजनिक

भदौ ०१, २०७८     डि.आर.एन


करण न्यौपाने सांगीतिक क्षेत्रका लागि एउटा लोकप्रिय नाम हो जसले नेपाली लोक,सुगम तथा चलचित्रका थुप्रै गितहरु लेखेका छन् र संगीत पनि दिएका छन् । थुप्रै चर्चित गितहरुमा शव्द संकलन तथा संगीत दिएका करण न्यौपानेले नेपाली सांगितीक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका छन् । झिमकाईदेउ परेली,उहिँ मुलाको सिन्की,पुलिसवाला,मन्दिरमा वस्ने देउता लगायतका दर्जनौ हिट गित दिईसकेका उनी गित संगीतको क्षेत्रमा फरकधार अवलम्वन गरी जोखिम मोल्ने र त्यहि जोखिम पछि गएर सफलतामा रुपान्तरण हुने एक चर्चित व्यक्ति हुन । मिडियामा आफ्नो उपस्थिती देखाउन खासै मन नगर्ने उनी बेला बेला भने गीतकै कारण चर्चामा आईरहन्छन् । दाङ जिल्लामा जन्मिएका करण न्यौपाने गित संगीतमै आफ्नो जिवन समर्पित गर्ने भन्दै यहि क्षेत्रमा तल्लिन भएर लागेका छन् । उनले गित लेख्ने र संगीत भर्ने मात्र नई नयाँ नयाँ कलाकार जन्माउनेमा पनि योगदान गरेका छन् । उनकै गित गाएर अथवा उनकै गितमा अभिनय गरेरै थुप्रै कलाकार हिट भईसकेका छन् । धेरैलाई अवसर दिने करण न्यौपाने साथिभाईहरुका लागि भने ढुकढुकी नै हुन् ।

थुप्रै गितहरु लेखेका र संगीत भरेका करण आजभोलि भने तिजको माहोलमा व्यस्त छन् । तिजको अवसरमा उनले थुप्रै तिज गितमा शव्द तथा संगीत दिईसकेका छन् ।

केहि दिन अघि मात्रै रिलिज भएको गित हाई मेरो जिन्दगी मा शव्द तथा संगीत भरेका करण न्यौपानेको फेरी पनि आफ्नै संगीतमा नयाँ दमदार तिज गित सार्वजनिक भएको छ । उनकै संगीतमा सजिएको यो गितले यसपालिको तिज तताउनेमा उनी विश्वस्त छन् । गित हो “साडी किन्दिस्यो राजा” । गितमा मेलिना राई र सागर बर्माले स्वर दिएका छन् भने गितको शव्द भने टुरिष्टजंग विकले लेखेका हुन् । सरिता कार्की युट्युव च्यानल बाट रिलिज भएको गितमा मोडलिङ भने महेन्द्र गौतम,नरेश भिर सिंह,करिष्मा ढकाल र वर्षा बर्माले गरेका छन् । गितलाई विपिन आचार्यले एरेन्ज गरेका छन् भने निर्देशन नरेश भिर सिंहकाे रहेकाे छ ।
गीत हेर्नुहोस् ।