चर्को घामले रोकेन दर्शकलाइ

फागुन ३०, २०७८


दाङ, २८ फागुन ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा आउने दर्शकहरु घामको प्रभाव नगरी रमाउने गरेका छन् । चर्को घाममा पनि उनीहरु प्रवाह नगरि रमाउने गरेका छन् । दिउसो चर्को घाममा आएका उनीहरु साझ सम्म नै कलाकारहरु संगै रमाउउने गरेका छन् । प्रर्दशनीमा दैनिक नागरिकहरुको सहभागिता वढदै गएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीको पाँचौ दिन पनि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवस्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् ।
पाँचौ दिन पनि प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै रमाएका थिए । दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवायुवतीहरुको सहभागिता बढी रहेको थियो ।
सोमवार कलाकारहरु पशुपती शर्मा, रचना रिमाल, शनी विश्वकर्मा, सुशिला गौतम, रुवीना अधिकारी, दिनेश थापा तथा स्थानिय कलाकारहरुले आ आफनो प्रस्तुती राखेका थिए । मंगलवार चक्र वम, भुमिका गिरी, रिना थापा मगर, रोशन रत्गैया, अर्जुन कौशल, आशा वि क, दिनेश थापा तथा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने प्रदर्शनी मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीमा हेलीकप्टर बाट स्वर्गद्धारी जाने तथा जिल्लाको अवलोकन गर्नेहरुको सङख्या वढदै गएको छ । प्रदर्शनीको अवसरका लुम्बिनी तथा कर्णाली प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोलन गर्ने पाइने भएको छ । प्रदर्शनीमा बालवालिकाहरु वाल उद्यान्नमा रमाएका थिए । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड वढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीका दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ । त्यसैगरेर लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन भइ रहेको छ । भने खुल्ला कविता प्रतियोगीता समेत आयोजना गरिएको छ ।